Evening News, Feb 16

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै त्यसको सम्पूर्ण तयारी गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनको सम्पूर्ण वातावरण बनाउन सरकारसँग अनुरोध गरेको छ । संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन नै पहिलो सर्त भएको जनाउँदै बैठकले सकेसम्म सबै पक्षलाई मिलाएर अगाडि जान र त्यसो हुन नसके धेरैभन्दा धेरैको मतलाई सम्मान गर्दै निर्वाचनको मिति घोषणा गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आग्रह गरेको छ ।

 
  DAILY VIDEO NEWS+VIEW ALL
 
 
  Interview+VIEW ALL
  TV Serial+VIEW ALL
 
 
eXTReMe Tracker