Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 13, 2016    |    

थ्रीस्टार क्लबले एएफसी च्याम्पियनसिप खेल्न नपाएकोमा अखिल नेपाल फुटबल सङघ (एन्फा)को विरोध गर्दै क्षतिपूर्तिको माग गरेको छ । क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी एन्फाका पदाधिकारीको लापरवाहीका कारण च्याम्पियनसिप खेल्न नपाएको आरोप लगाउँदै रु छ करोड क्षतिपूर्ति माग गरेको हो । छनौट भइसकेको अवस्थामा पनि एन्फाकै कारण प्रतियोगितामा सहभागी हुन नपाएको गुनासो गर्दै क्लबले मागको सुनुवाई नभए कुनै पनि फुटबल गतिविधिमा सहभागी नहुनेसमेत घोषणा गरेको छ । क्लबका कार्यबाहक अध्यक्ष अरुणमान जोशीले एन्फाको लापरवाहीले थ्रीस्टार क्लब मात्र नभई समग्र फुटबल क्षेत्रलाई नै ठूलो क्षति पुगेको बताउँदै घटनाका सम्बन्धमा छानविन गरी दोषिलाई कडा कारबाहीको माग गर्नुभयो ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker