Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 18, 2016    |    

यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आज मलेसियासँग भएको खेलमा नेपालले एक विकेटले जित हासिल गरेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले ४४.४ ओभरमा मलेसियलाई १५३ रनमा रोकेको हो । मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई नेपालले ४४.४ ओभरमा एक विकेट बाँकी हुँदा भेट्टाएको हो । श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि खेल सुरु भएको थियो । मलेसियासँगको खेलमा नेपाल बिजयी भएपनि प्रतियोगिताबाट भने अघिल्लो दुई खेलमा पराजित भएसँगै बाहिरिएको छ । यस अघिका दुई खेलमा नेपालले श्रीलंका र भारतसँग प्रतिस्पर्धा गरेको थियो । श्रीलंकासँगको पहिलो खेलमा नेपाल एक रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको हो ।

 
Watch Video
Kantipur Evening News
 

order="0" allowfullscreen>
 
 
 
 
 
 
 
eXTReMe Tracker