Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 19, 2016    |    

सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि सभामुख ओनसरी घर्तीले समतिकालागि भन्दै सोमबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान गरिन्।

 

लामोसमयदेखि जारी संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुखले दलहरुसँग परामर्श गरेकी हुन्। बैठकमा नेताहरु आफ्नो अडानबाट टसमस त भएनन्, तर उनीहरुबीच सहमतिकालागि मध्यमार्गी बोटो खोज्ने विषयमा भने सहमत भएका छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव पास वा फेल जे भएपनि संसदमा छलफल गर्न दिन एमालेसँग आग्रह गरेका थिए। उनले सरकरको बाध्यता बुझिदिनसमेत आग्रह गरेका थिए। जवाफमा एमाले अध्यक्ष ओलीले सरकारले दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएकाले कुनैपनि हालतमा स्वीकार गर्न नसकिने अडान दोहोर्याएका थिए।


तर नेताहरुबीच छलफललाई निरन्तरता दिँदै मध्यमार्गी बाटो खोज्ने विषयमा भने सकारात्मक छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।  उनले कुनै न कुनै रुपमा सहमतिको विकल्प नभएको भन्दै सहमतिकालागि गम्भीर छलफल गर्ने सहमति भएको जनाए।

 
Watch Video
Kantipur Evening News
 
 
 
 
 
 
 
 
eXTReMe Tracker