Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     December 31, 2016    |    

प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गरेर तीनवटै निर्वाचन ‘सुनिश्चित गर्ने’ समझदारी बनेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र मोर्चाका नेतहरुबीच भएको छलफलका क्रममा यस्तो समझदारी बनेको हो । पर्सी सोमबार सरकारले संविधान संशोधन विधेयक संसदमा टेबुल गर्ने र त्यसलाई पारित गर्न प्रयास गर्नेबारे प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई आश्वासन दिए । मोर्चाका नेता एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार मोर्चाले पहिले संविधान संशोधन विधेयक पारित गर्न र त्यसपछि तीनवटै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो ।

 
Watch Video
Kantipur Evening News
 
 
 
 
 
 
 
 
eXTReMe Tracker