Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 01, 2017    |    

 भारतको सिलीगुडीमा जारी चौंथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा सोमबार दिउँसो नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे कन्चनजंघा मैदानमा हुँदैछ । यो खेल जितेर नेपाली महिला टिमले अहिलेसम्मकै ठूलो कीर्तिमान रच्न चाहन्छ । नेपाल यसअघिका तीनओटै संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा समेटिएको थियो । यो खेल जित्यो भने नेपालले भारतलाई हराएको कीर्तिमान राख्नेछ । नेपाल समूह ‘ए’को समूह विजेता बन्दै तथा भारत समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’मा आइतबार बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले नेपालको यसपटकको रणनीति सफल भइरहेकाले भारतविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने ठोकुवा गरेका छन् ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker