Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 02, 2017    |    

चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो हाफको अन्तिम समय ४४ औँ मिनेटमा कमलादेवीले एक गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै खेलको दोस्रो हाफमा भारतले दुई गोल थप्यो । नेपाली टोलीको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इन्दुमतीले खेलको ५९ औँ मिनेटमा गोल गरी भारतको अग्रता दोब्बर बनाइन् । त्यस्तै भारतकी सस्मिताले खेलको ८४ औँ मिनेटमा थप एक गोल गरेपछि भारतले नेपालमाथि ३–१ को सहज जित हासिल गर्‍यो ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker