Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 05, 2017    |    

 बिभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न अन्तिम सेमीफाइनल खेलमा आयोजक काँकडभिटृालाई टाइब्रेकरमा ५–४ को गोल अन्तरले हराउँदै उपाधीका लागि रमपम झापा—११ सँगको भेट पक्का गरेको हो । उपाधिका लागि शनिबार हुने फाइनल खेलमा झापासँग प्रतिस्पर्धा गर्नेछ । ९० मिनेटको निर्धारित समयमा दुबै टोलीले १/१ को बराबरी खेलेपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो । जितका लागि एपीएफका कप्तान मिलन राई, गोलरक्षक राजु योगी, सुदिप सिख्रकार, नविन लामा र प्रविन स्याङ्तानले गोल गरेका थिए । आयोजक काँकडभिटृाका तर्फबाट सञ्जय राजबग, एञ्जल गुरुङ ९जीवन०, आदित्य कार्की र नाइजेरियाली खेलाडी सेमसङ्गले गोल गरेका थिए । खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरेका निशान्त लिम्बूले गोल गर्न नसक्दा आयोजक फाइनलको उपाधी होडबाट बाहिरिएको थियो । खेलको ४२ औँ मिनेटमा आयोजक काँकडभिटृाका निशान्त लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको २ मिनेट बित्न नपाउँदै एपिएफका रमेश दङ्गालले गोल गरेका थिए ।

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker