Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 05, 2017    |    

२०४१/४२ साल तिर नेपाली समाज हिन्दी चलचित्र र टेलिभिजन श्रृंखलाहरुबाट थिचिएको थियो । नेपालमा टेलिभिजनको स्थापनासंगै आफ्नो स्वभाविक अभिनय लिएर सनो पर्दामा देखा पर्न थाल्नु भयो कलाकार सन्तोष पन्त । दोषी को, नरिसाउनुस है, एउटा कुरा, आजभोलिका कुराबाट समाजका धेरै कुरा वर्षौसम्म गर्नुभयो उहाँले । साँझ उहाँको कार्यक्रम टेलिभिजनमा आउने समयमा झिरझिर आयो भन्दै घरको छतमा यान्टिना घुमाउने हजारौ हजार नेपालीहरुमा म पनि एक थिए र कार्यक्रम थियो हिजो आजका कुरा ।  आजका धेरै स्थापित कलाकारहरुले उहाँकै कार्यक्रममा पहिलो पटक अभिनय गर्ने मौका पाए । कलाकार उत्पादन गर्ने एउटा कारखाना नै पुग्नभयो सन्तोष पन्त ।

 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker