Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 06, 2017    |    

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको छ । एमालेसहित विपक्षी नौ दलले आज यहाँ आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधान विपरीत हुने सर्वाेच्च अदालतको फैसलाले स्पष्ट गरिसकेको जिकिर गर्दै सत्तारुढ दलले यसलाई अघि बढाउन खोज्नु मुलुकमा निर्वाचन नगराउनु र संवैधानिक रिक्तता ल्याउने प्रयास हुनु हो भन्ने आरोप लगाउनुभयो । संविधान बमोजिम २०७४ साल माघ ७ गतेभित्र तीनै तहका निर्वाचन गरिसक्नुपर्छ तर यो सरकार के गर्दैछ ? निर्वाचन गराउन खोज्दै छ ? प्रदर्शनीमार्गमा सहभागी जनसमूहबीच पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्दै भन्नुभयो, “सरकार अनुचित उद्देश्य पूरा गर्न, कसैको आदेश तामेली गर्न र आयु लम्ब्याउन खोज्दैछ ।”

 
Watch Video
Kantipur Evening News
 

 
 
 
 
 
 
 
eXTReMe Tracker