Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 08, 2017    |    

चन्द्रकान्त खनाल
रुपन्देही, २४ पुस - अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलमा  चालुआर्थिक बर्षको  पाँचमहिनामा  लुम्बिनी अञ्चलका ६ जिल्लावाट १८ वटा उजुरी  परेका छन ।


अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलमा दर्ता भएका अधिकासं उजुरीहरुमध्ये औषधी खरिद, स्वास्थ्यकार्यलयलाई चाहिनेसमान खरिद, फिल्डमा नगई  टिएडिए खाने, स्वास्थ्य समन्धी कार्यक्रम गर्नवाहानागरेको र कुनै कार्यक्रम नै नगरिकन  बिलभरपाई मिलाउने  गरेको, औषधी खरिदगरि स्वास्थ्य कार्यलयललय लाई वितिरण गर्दा अनियमितता गरेको खरिद गरेको औषधी पनि कमगुणस्तभएको समन्धी उजुरी परेको कार्यलयले जनाएको छ ।

 

अख्तियार दुरपयोग अनुसन्धान आयोगको बुटबलका प्रमुख  ज्ञानेन्द्र बस्नेतका अनुसार स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी अनियमितता नभएका उजुरीपरेको बताउनु भयो । उहाले सबै भन्दा बढी  तराईका तिन जिल्ला रुपन्देही कपिलबस्तु र नबलपरासीका बढी उजुरी दर्ता भएको बताउनु भयो । रुपन्देहीमा १३ नबलपरासीमा २ कपिलबस्तुमा १ अर्घाखाचीमा १ गुल्मीमा १ र पाल्पामा  अहिले सम्म उजुरी नआएको बताउनु भयो ।

 

स्वास्थ्यक्षेत्रका यि उजुरी बारे गम्भीर रुपमा अनुसन्धान भैरहेको बस्नेतले बताउनु भयो । उहाँले पाल्पाबाट अहिले सम्म उजुरी नपरेको बताउनु भएको छ । यो गत साउन देखी अहिले सम्मको भएको बताउनु भयो । गत बर्षको तुलनामा यस बर्ष स्वास्थ्यक्षेत्रका उजुरी धेरै आएको प्रमुख बस्नेतले बताउनु भयो।
 

 
 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker