Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 09, 2017    |    

पुनम गौतम, चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक दर्ता हुनु नै संविधान कार्यान्वयनको सुरुवात भएको बताउनुभएको छ ।

११ औ संस्करणको चितवन महोत्सव उद्धघाटन गर्न चितवन आउनु भएका प्रधानमन्त्री दाहालले प्रेस सेन्टर नेपाल चितवन शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसदमा विधेयक टेवल हुनु संविधान कार्यान्वयनको सुरुवातका रुपमा हेर्न आग्रह गर्नुभयो ।

रिवन काट्न नहेड्ने घोषणा गरे पनि रिवन काट्न हिड्नुको कारण बारेमा पत्रकारको जवाफमा प्रधानमन्त्री प्रचण्डले रिवन काट्न हिडेको होइन्, विकास निमार्णको अवलोकन गर्न हिडेको बताउदैं अब प्रचण्ड पुग्दा त्यहा रिवन काट्ने कार्यक्रम बन्नु स्वभाविक भएको बताउनुभयो । अहिले विकासले तिव्रता पाएको उहाँको विश्वास छ ।

एमालेको सहमतिमै संविधान संशोधन विधेयक संसदमा टेवल गरेको बताउदै प्रमुख दलकै सहमतिमा विधेयक संसदमा प्रस्तुत भएको जानकारी गराउनुभयो ।

 
 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker