Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 09, 2017    |    

चन्द्र खनाल, रुपन्देही, २६ पुस - तिलोत्तमा गोल्डकप फुलवल प्रतियोगिताको १९ औं संस्करण आगामी फागुनमा सञ्चालन हुने भएको छ ।

प्रतियोगिता संचालनका लागि आवश्यक पूर्वाधार निर्माण, विभिन्न उप समिति गठन गरि आर्थिक संकलन र संघ संस्थासंगको समन्वय गर्ने कार्य तिब्र गतिमा भैरहेको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

 रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा संचालन हुने १९ औं संस्करणको फुटवल प्रतियोगिता आगामी फागुन १२ देखि २१ गते सम्म संचालन गर्ने तयारी गरिएको संघका अध्यक्ष दीर्घबहादुर केसीले बताउनु भयो ।

२०३३ सालवाट शुरु भएको तिलोत्तमा गोण्डकप प्रतियोगितामा विभागिय तीन टिम सहित १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेले यस क्षेत्रकै सवाधिक राशी रहेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७४ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेका छन ।

बुटवल उपमहानगरपालिका संरक्षक रहेको गोल्डकप संचालन गर्न आर्थिक अभावले गर्दा १८ औं सस्करण २०७१ मा गरिएपनि गत वर्ष २०७२ सालमा प्रतियोगिता संचालन हुन सकेको थिएन ।

 
 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker