Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 10, 2017    |    

पुनम गौतम, डिसीनेपाल डटकम - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने विषय राजनीतिक तहमा छलफल गरेर मात्र निर्णय हुने बताउनुभएको छ ।

 

भरतपुर उपमहानगरपालिकाको आज तेस्रो नगरपरिषद्को समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र निर्माणमा पृथ्वी नारायणा शाहको योगदानको उच्च कदर गर्दै सार्वजनिक विदाको विषय अहिले बहसको विषय बनेको बताउनुभयो । प्रधानमन्त्री दाहालले तत्कालिन समयमा पृथ्वी नारायण शाहको शालिक ढाल्दा आफूले बिरोध गरेको भन्दै इतिहासमा उनले पुर्याएको योगदानलाई भुल्न नसकिने बताउनुभयो ।

 

नगरपरिषदमा चितवन क्षेत्र न ४ का सांसद रामकृष्ण घिमिरे र राप्रपा चितवनका निर्देशन समितिका अध्यक्ष वद्री तिमिल्सीनाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गरेपछि प्रचण्डले जवाफ दिनृभएको हो ।

 
 
Watch Video
 

 
 
 
 
 
 
 
eXTReMe Tracker