Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 05, 2017    |    

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको हो। यसअघि सरकारले ज्ञवालीको काम चित्तबुझ्दो नभएको भन्दै सरकारले स्पष्टिकरण मागेको थियो। ज्ञवालीले बुधवारमात्रै सरकारकै असहयोगका कारण काम गर्न नसकेको भन्दै स्पष्टिकरण बुझाएका थिए। ज्ञवालीले द्रुत गतिमा काम अघि बढाउने समयमा आफूलाई स्पष्टीकरण सोधेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुनर्निर्माणलाई बाधा पुर्‍याएको आरोप लगाएका छन्।

 
 
 
 
Watch Video
Evening News, Jan 05
 
 
 
 
 
 
 
 
eXTReMe Tracker