Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 06, 2017    |    

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको छ। तर, यो निर्णयले औपचारिक पाउने भने भोलि शुक्रबारसम्म कुर्नु पर्ने भएको छ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए। तर, उनले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गरेका छन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा सीईओ ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने समझदारी भएको एक मन्त्रीले बताए।

 
 
 
 
Watch Video
Morning News, January 06, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker