Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 06, 2017    |    

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको पुनःसंरचनाको सिफारिस गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले बुझाएको प्रतिवेदन संविधान र सङ्घीयता कार्यान्वयनमा कोसेढुङ्गा सावित हुने बताउनुभएको छ । आयोगको प्रतिवेदन बुझ्न आज प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधानसभाबाट जारी संविधान कार्यान्वयनको अवस्थामा तयार भएको प्रतिवेदन दुरगामी महत्व राख्ने दस्तावेजका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानको व्यवस्थाअनुसार सबै दल र पक्षको राजनीतिक समझदारीमा अघिल्लो सरकारका पालामा आयोग गठन भएको जानकारी गराउँदै आयोगको काममा सहजता ल्याउन वर्तमान सरकारले नयाँ कार्यादेश दिएको बताउनुभयो ।

 
 
 
 
Watch Video
Evening News, Jan 06
 
 
 
 
 
 
 
 
eXTReMe Tracker