Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 07, 2017    |    

गत केही समय देखि अमेरिकामा बस्दै आउनु भएकी र पछिल्लो समय नेपाली लोक गित संगित क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको रोइला गित “दर्शन झोर्ले” भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विनको रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली फेरी निकै मार्मिक शब्दहरु रहेको रोइला गीतमा सुमधुर स्वर भर्नु भएको छ । साथै यस गीतमा थापालाई अर्का चर्चित गायक रामजी खांडले साथ दिनु भएको छ 

चर्चित गायकर,गितकार र संगितकार सिपी मगर ज्युको शब्द तथा संगित रहेको यस रोइला गीतलाई मगर्स क्रियशन कम्पनिको म्युजिक प्रोडक्सन हाउसले म्युजिक भिडियो निर्माण गरी बजारमा ल्याएको हो । म्युजिक भिडियोमा गायिका संगिता थापा मगर र रामजी खांड दुबैले अभिनय गर्नु भएको छ । आफुलाई विगतका गीतहरुमा झैँ यो गीतमा पनि सबैको साथ र सहयोग पाउनमा आशाबादी रहेको गायिका संगिता थापाले बताउनु भयो । दुई दर्जन बढी गितमा स्वर दिसक्नुभएकी गायिका थापाले दर्शकको माया पाएमा आगामी दिनमा पनि अझ धेरै लोक तथा राष्ट्रिय गीतहरुलाई पनि निरन्तरता दिने बताउनु भयो ।

 
 
 
 
Watch Video
Darshan Jhorle
 
 
 
 
 
 
 
 
eXTReMe Tracker