Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 07, 2017    |    

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् भोलि (आइतबार) देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताउनुभएको छ । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण सङ्ग्रहको आज लोकार्पण गर्दै उहाँले संसद् सुरु भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो – “संसद् भोलिदेखि फेरि संसद चल्दैछ, त्यहाँ हामीले राष्ट्रलाई एकताबद्ध गर्न र निर्वाचनका लागि जे प्रस्ताव अगाडि सारेका छौँ, अब, त्यो प्रक्रिया अघि बढ्नेछ, सर्वोच्च अदालतले पनि संसद्मा नै छलफल गर्न आदेश दिएको छ ।” संसद् अवरोध गरेर राष्ट्रहित र एकताबद्ध नहुने भन्दै उहाँले राष्ट्रलाई एकताबद्ध गरी संविधानको स्वीकार्यता बढाई निर्वाचनतर्फ गएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानुुपर्ने अहिलेको आवश्यकतामा सबैको साथका लागि अपिल गर्नुभयो ।

 
 
 
 
Watch Video
Evening News, Jan 07
 
 
 
 
 
 
 
 
eXTReMe Tracker