Published by- Sandhya Paudel    |   From- Nepal     |     January 08, 2017    |    

नेपालको पोखराबाट प्रशारण हुदै आएको फेवा टेलिभिजनले निर्माण गरेको टेलिफिल्म खै कुन्नीको १४ औं सृङ्खला प्रशारण भईसकेको छ । स्थानीय स्तरमा समसामयीक बिषयबस्तुलाई आधार बनाएर निर्माण गरिएको खै कुन्नीको १४ औं भागमा रातो नम्बरले जनमानसमा तर्साएको र रातो नम्बर फैलाउनेलाई प्रहरीले पक्राउ समेत गरेको कुरालाई देखाउन खोजिएको छ ।

 

केही दिन देखी सामाजिक संजालमा रातो नम्बरबाट फोन आएमा मानिस मर्ने जस्ता झुटा कुराहरु भाइरल बनेका थिए । रातो नम्बर केही होईन, झुटको प्रचारबाजी हो र सबै नआत्तिन आग्रह गर्दै टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले टेलिफिल्मको कथा लेखेका हुन् ।

 

सामाजिक संजालमा फैलाईएको रातो नम्बर र जनमानसले बुझेको रातो नम्बरबीचको अन्तर देखाउन र सामाजिक संजालको सहि सदुपयोग गर्न प्र्रीत गर्ने खालको यो १४ औं भाग रहेको टेलिफिल्मकी मुख्य सहायक निर्देशक रोजी श्रेष्ठले बताईन् । उत्त भागमा आफूले रातो नम्बर भन्दै तर्साएर लुट्ने गरेको आफ्नो रोल रहेको बताउलदै भनिन् अझ रातो नम्बर भन्दै तर्साउनदै लुट्न त मज्जा आको तियो तर पछि प्रहरीले समातेपछि चाहि आफैलाई अफ्ठेरो लाग्यो । धेरैजस्तो नया कलाकारलाई लिएर निर्माण गरीए पनि पछिल्लो समयमा टेलिफिल्मले राम्रै स्थान पाएको निर्र्देशक बिनोद पहारीले बताए । उनले भने काम गर्ने टिमवर्क राम्रो छ आशा गरौं अझ राम्रो गर्न सकिएला । टेलिभिजनका प्रोडक्सन प्रमुख समेत रहेका सुबास अम्गाई खै कुन्नीको स्क्रीनप्ले र प्रोड्यूसर दुबै हुन् । खैकुन्नीमा सन्दीप खनालको छायंकन, सुमिन गुरुङको सहायक निर्देशन, अनु गुरुङको मेकअप रहेको छ भने, रोजी श्रैष्ठ, बिनाद  पहारी, संकल्प चापागाई, दिपक थापा, अनु गुरुङ, सागर आले, दिलीप भण्डारी, पुष्पा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रस्ताबित प्रदेश नम्बर ४ को अग्रणी टेलिभनिजको रुपमा रहको फेवा टेलिभिजनबाट खैकुन्नी मात्र होईन हरेक दिन जस्तो भिन्न भिन्न हास्य तथा सामाजिक बिषयका टेलिफिल्म प्रशारण हुने टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले बताए । 

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker