Published by- Sandhya Paudel    |   From- Nepal     |     January 08, 2017    |    

लोकदोहरी क्षेत्रमा सर्वाधिक लोक प्रिय गायक तथा गायीका मौषम गुरुङ्ग र पूर्णकला बि.सीको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “चोखो माया धेरै टिकेन” बोलको गीतको भिडियोलाई वल्र्ड कभर मिडियाले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । गीतको म्युजिक भिडियोमा एम.बि गुरुङ्ग र सृजना थापाको जोडदार अभिनय देख्न पाइन्छ । भरत खत्रीको निकै उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा संगीत भने दिपक बसन्त कार्कीले भरेका छन् । उक्त म्युजिक भिडियोलाई दिपक बसन्त कार्कीले निर्देशन गरेका छन् । सृजन शाहीको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने विनोद भण्डारीले गरेका छन् ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker