Published by- Sandhya Paudel    |   From- Nepal     |     January 08, 2017    |    

एक दशक अघि अ स्टोरी नामक एल्बम निकालेर चर्चामा आएकी गायिका एन्जिला गौचनले आफ्नो दोस्रो एल्बम थासाङ् ल्हुम्बु (थाक खोलाको देश) सार्वजानिक गरेकी छिन । शनिबार थकली समुदायक माहान पर्व ल्हाफेवको अवशरमा मुस्ताङको थाक खोलामै आयोजित एक समारोह विच पुर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीको हातबाट सार्वजनिक गरेकी हुन् ।

 

चार वटा थकाली गीत समावेश यस एल्बममा मनोज शेरचन, कुल बहादुर गौचन, राजु गौचन तथा स्वर्गीय निला तुलाचनको शब्द संगीत रहेको छ । यस थकाली एलबममा उनले गायक तथा संगीतकार राजु गौचन संग गएको एक गीतको म्युजिक भिडियो समेत तैयार भएको छ । ङ्ह्याय कान्छारी बोलको उक्त गीतलाई मुनाल फिल्म्स पोखराका भोज गुरुङले भिडियोमा उतार्ने काम गरेका छन् ।

 

थकाली भाषा र संस्कृतिमा रहेको यस एल्बमलाइ नेपाल आर्ट्सले बजार ब्यबस्थापन गरेको छ । एन्जिलाको गायक अविनाश घिसिङ् संग गाएको थाहा पाए तिम्रो बानि बोलको गीत एक दशक अघि निकै चर्चित थियो । कार्यक्रममा उनले थकाली भाषा संगै छिट्टै नै नेपाली भाषाको एल्बम निकाल्ने तैयारीमा जुटेको पनि बताइन ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker