Advertisment
 

Kantipur Evening News

ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स(युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गर्नुभएको छ । युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिनुभयो । ‘वल्र्ड फ्युचर इनर्जी समिट २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) मा भाग लिन युएइ पुग्नुभएका मन्त्री शर्माले कम्तीमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत् विकासको राम्रो सम्भावना रहेकाले त्यसमा लगानी गर्न युएइ सरकारलाई अनुरोध गर्नुभयो । युएइका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युत्, कृषि र पर्यटनमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको स्पष्ट गर्दै दिगो ऊर्जा विकासका लागि जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिनुभयो ।

   Kantipur TV News

 
eXTReMe Tracker